ad ad

सुदूरपश्चिम


डडेल्धुरामा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु

डडेल्धुरामा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु

नेपालखबर
असार ४, २०८० सोमबार १५:३८, कञ्चनपुर

डडेल्धुरामा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार दिउँसो आलिताल गाउँपालिका–८ कुर्जेनीमा जेसीबी दुर्घटना हुँदा बझाङका २७ वर्षीय कमल बोहराको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार ग्रामीण सडक भएर गोदाम बजारदेखि मेलगाजातर्फ गइरहेको जेसीबी सडकबाट करिब २८ मिटर तल खसेको थियो।

अनियन्त्रित भएर आलिताल गाउँपालिका–८ कुर्जेनीस्थित कपासे खोलामा  जेसीबी खस्दा चालक बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए।

उनका अनुसार प्रहरी चौकी आलितालको टोली घटनास्थल पुगिसकेको छ। ईलाका प्रहरी कार्यालय जोगबुढाको टोली पनि अहिले घटनास्थलतर्फ गइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .