नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनोज राई निर्वाचित भएका छन्।
बिहीबार बिहान धनगढीमा सम्पन्न प्रथम अधिवेशनबाट राईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।
समितिको उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह तथा सचिवमा कमल रोकाय चयन भएका छन्।
यस्तै सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद तथा कोषाध्यक्षमा जेबी कुँवर चयन भएका छन्।
अधिवेशनको उद्घाटन अनेरास्ववियुका अध्यक्ष समिक बडालले गरेका थिए।
27
Shares
प्रतिक्रिया