ad ad

सुदूरपश्चिम


करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर २ जनाको मृत्यु

नेपालखबर
असोज ५, २०८१ शनिबार १७:५९, कञ्चनपुर

कैलाली र कञ्चनपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका–१ का ५५ वर्षीय टेकबहादुर मल्लको करेन्ट लागेर शनिबार मृत्यु भएको हो।

बेदकोट नगरपालिका–१ चम्फापुर राडाहामा रुखको हाँगा काट्ने क्रममा हाँगा बिजुलीको तारमा खसेर तार चुडिँदा मल्ललाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै, कैलालीको चुरे गाउँपालिका–१ शिवनगरका लाल बहादुर क्षेत्रीका ५ वर्षीय छोरा आकाशको करेन्ट लागेर मृत्यु भएको छ। पानी तान्ने विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल घनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .