ad ad

राजनीति


दुई ठूला पार्टी मिलेपछि आनन्द भएको छ भन्नेहरू पनि छन् : देउवा

दुई ठूला पार्टी मिलेपछि आनन्द भएको छ भन्नेहरू पनि छन् : देउवा

नेपालखबर
असोज ५, २०८१ शनिबार १७:४३, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस-एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको र जनता खुसी भएको दाबी गरेका छन्।

शनिबार काभ्रेको धुलिखेलमा बीपी कोईरालाको शालिक अनावरण गर्दै उनले दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुशी छाएको टिप्पणी गरे।

‘एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो, दुई वटै पार्टी मिल्दाखेरी के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरुलाई,’ देउवाको भनाइ छ, ‘तर प्रतिस्पर्धी पार्टी मिल्दाखेरी देशभरीमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरु खुशी भएका छन। कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन्, आनन्द भएको छ भन्नेहरु छन यहाँ। त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ।’

यद्यपि, उनले त्यही अनुसार काम भने गनुपर्नेमा जोड दिए। ‘तर हामीले काम पनि त्यही अनुसार गर्नु पर्‍यो। कांग्रेग्रेसले कामै गर्दैन भन्छन है विचार गर्नु, कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन। अनि खाईदेला नि अरु पार्टीले। त्यसकारणले कांग्रसे अरु बढी काम गर्नुपर्‍यो। जनतासँगको सम्बन्ध बढाउनु पर्‍यो। जनताको दिल जित्नुपर्‍यो,’ उनले भने। 

सभापति देउवाले संविधानमा समावेशी समानुपातिक प्रणालीका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउने नसक्ने कठिन अवस्थामा पनि पार्टीलाई बहुमतमा पुर्‍याउने गरी मेहनतका साथ काम गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .