ad ad

सुदूरपश्चिम


कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

प्रतीकात्मक तस्बिर


नेपालखबर
असोज २२, २०८१ मंगलबार १३:३५, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ कालापानीबाट तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार राति साढे १ बजे कालापानी स्थित मान सिंह ठगुन्नाले सञ्चालन गरेको धामी कटेजमा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको हो।

उनीहरूका साथबाट १ हजार ४ सय ६० रुपैयाँ र तीन गड्डी तास प्रहरीले बरामद गरेको छ।

पक्राउ पर्नेमा शुक्लाफाँटा–७ का २४ वर्षीय विपिन सिंह, सोही ठाउँका १ वर्षीय सौरभ सिंह, २३ वर्षीय सौरभ पाल, ३२ वर्षीय रघुवीर भट्ट, २३ वर्षीय मानसिंह ठगुन्ना, वर्ष ३० का नरेन्द्रसिंह, ३८ वर्षीय सिद्ध धामी, २४ वर्षीय दीपक बोगटी र ३१ वर्षीय शंकर धामी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .