कैलालीमा चितुवाको छाला र चरेससहित ३ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–४ सहिद गेटनजिक जुमेरा होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बाजुराको गौमुल गाउँपालिका–१ का २६ वर्षीय धनकृष्ण रोकाया, बूढीगंगा नगरपालिका–१० का ३० वर्षीय हेमराज जैसी र बैतडीको मेलौली नगरपालिका–३ का २४ वर्षीय करन चन्द छन्।
उनीहरुलाई बुधबार साँझ विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट ७ फिट ६ इन्च लम्बाइ र १ फिट १० इन्च चौडाइ भएको चितुवाको छाला एकथान तथा ६ किलो ७४० ग्राम लागुऔषध चरेस बरामद गरिएको थियो।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया