ad ad

बागमती


माओवादी केन्द्र नुवाकोटबाट चार जनाको नाम सर्वसम्मत

माओवादी केन्द्र नुवाकोटबाट चार जनाको नाम सर्वसम्मत

नेपालखबर
भदौ २१, २०७९ मंगलबार १३:४७, नुवाकोट

आगामी मङ्सिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि नेकपा माओवादी केन्द्र नुवाकोटले सर्वसम्मत रुपमा चार जनाको नाम सिफारिस गरेको छ।

प्रत्यक्षतर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ बाट हितबहादुर तामाङ, प्रदेशसभा ‘क’ बाट राधिका तामाङ, ‘ख’ बाट पुष्प लामिछाने र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘क’ बाट रामप्रसाद ढुङ्गानाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको हो।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्ष तर्फबाट केशवप्रसाद पुडासैनी, सुभद्रा नेपाल र माधवप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ। 
माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठकबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं  १ बाट समानुपातिकतर्फबाट ६ जनाको नाम सिफारिस गरिएको हो। सिफारिस हुनेमा विमला सुवेदी, श्रीकृष्णप्रसाद अधिकारी, शिव खाती, गमला श्रेष्ठ, जानुका धमला र रेखा भण्डारी छन्।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को ‘क’ बाट छ जना र ‘ख’ बाट आठ जनाको नाम सिफारिस भएको हो। समानुपातिकतर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फ विमला सुवेदी, राममायाँ बोगटी र कृष्ण आनन्द विकको नाम सिफारिस भएको छ। प्रदेशसभा ‘क’ बाट सात जनाको र ‘ख’ बाट पनि सात जनाकै नाम सिफारिस भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .