ad ad

बागमती


भक्तपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

भक्तपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

नेपालखबर
असोज ६, २०७९ बिहिबार १७:५२, भक्तपुर

सूर्यविनायक नगरपालिका–८ स्थित सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातितर्फ जाँदै गरेको बा१प १५५१ नंको बसले ठक्कर दिदाँ पैदलयात्रीको मृत्यु भएको छ। 

बसको ठक्करबाट घाइते भएका भक्तपुर नगरपालिका–१ दूधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको उपचारका क्रममा सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। 

प्रहरीले ठक्कर दिने बस र यसका चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडाैँ बालाजु बस्ने २९ वर्षीय विनोद कार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .