बागमती प्रदेश नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा मधुसूदन पौडेल नियुक्त भएका छन्।
उनलाई दलका नेता जगन्नाथ थपलियाले प्रमुख सचेतकमा नियुक्त गरेको संसदीय दलको कार्यालयले जानकारी दिएको छ।
ललितपुर १ को १ बाट प्रत्यक्ष निर्वाचित पौडेलले नेकपा (माओवादी केन्द्र) का हरि दाहाललाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
पौडेलले ११ हजार २९९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्दी रहेका दाहालले ८ हजार ६५६ मत प्राप्त गरेका थिए।
3
Shares
प्रतिक्रिया