ad ad

बागमती


बागमतीको ११ जिल्लामा पशु स्वास्थ्य क्लिनिक स्थापना गर्दै कृषि मन्त्रालय

बागमतीको ११ जिल्लामा पशु स्वास्थ्य क्लिनिक स्थापना गर्दै कृषि मन्त्रालय

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १२:५७, काठमाडौँ

बागमती प्रदेश सरकारले एक वडा एक पशु स्वास्थ्य क्लिनिक कार्यक्रम लागू गर्दै पशु उपचारमा सेवा विस्तार गर्ने भएको छ। प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका ११ जिल्लामा पहिलो चरणमा पशु स्वास्थ्य क्लिनिक स्थापना गर्ने भएको हो।

प्रदेशभित्र पशु स्वास्थ्य सेवा पुग्न नसकेका ३० स्थानमा पशु स्वास्थ्य क्लिनिक स्थापना गर्न लागेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। चालू आर्थिक बर्ष भित्रमा दोलखामा ३ वटा, रामेछापमा २ वटा, सिन्धुपाल्चोकमा ३ वटा, धादिङमा ४ वटा, काभ्रेमा ५ वटा, चितवनमा ४ वटा, सिन्धुलीमा २ वटा, नुवाकोटमा १ वटा, मकवानपुरमा ३ वटा, रसुवामा २ वटा र ललितपुरमा १ वटा क्लिनिक स्थापना गर्ने तयारी थालेको मन्त्रालयका प्रवक्ता झलकनाथ कडेंलले जानकारी दिए।

मन्त्रालयले एक वडा एक पशु स्वास्थ्य क्लिनिक कार्यक्रम अन्तर्गत पहिलो चरणमा ३० वटा क्लिनिक स्थापना गर्न लागेको हो।

पशुपन्छीको संख्या बढी भएको ठाउँ र भेटेरिनरी विज्ञ केन्द्रको पहुँचबाट टाढा रहेका गाउँमा क्लिनिक स्थापना हुने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .