पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
मनहरी गाउँपालिका वडा नं ४ स्थित गोल घरमा केही बेरअघि हात्तीले स्थानीय महिलालाई आक्रमण गरेको वडाध्यक्ष प्रकाश थापाले जानकारी दिए। हात्तीको आक्रमणबाट ६० वर्षीया राधादेवी अधिकारी घाइते भएको उनले बताए। अधिकारीलाई उपचारका लागि हेटौंडास्थित चुरेहिल अस्पताल ल्याइएको छ।
पर्सा राष्ट्रिय निकुञ्जनजिकै रहेको सो बस्तीमा पटक/पटक जंगली हात्तीले आक्रमण गर्ने गरेका छन्। आइतबार साँझ गाउँ पसेको जंगली हात्तीले आतंक मच्चाइरहेको स्थानीय सन्तोषी वनकरियाले बताइन्।
गाउँमा हात्तीले आतंक मच्चाएपछि आक्रोशित स्थानीयले सैनिक पोस्टमा तोडफोड र आगजनी गरेका छन्। आक्रोशित स्थानीयले मनहरी– ३ लामिटारमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोस्टमा तोडफोड गरेका हुन्।
Shares
प्रतिक्रिया