बागमती प्रदेश सभा बैठक यही बुधबार बस्ने भएको छ।
संसदीय समितिको विषयमा दलहरूबीच सहमति हुन नसक्दा गत माघ २६ गतेबाट स्थगित भएको बागती प्रदेश सभाको बैठक बुधबार बस्ने भएको हो।
प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेश सभा बैठक १० गते बुधबार दिउँसो २ः१० बजेका लागि आह्वान गरेको जानकारी दिएको हो।
प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काका अनुसार उक्त बैठकमा प्रदेश सरकारले जारी गरेको अध्यादेशहरूको प्रतिस्थापन विधेयकहरू पेस हुने सम्भावित कार्यसूची रहने छ।
उनका अनुसार गत शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार संसद सचिवालयमा निजामती कर्मचारीसँगसम्बन्धी २ वटा अध्यादेशको प्रतिस्थापन विधेयक दर्ता भएको र ती विधेयकहरूलाई बैठकमा पेस गर्ने तयारी छ।
यसैगरी, मन्त्रिपरिषद् बैठकको निर्णयपछि संसदमा दर्ता भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई जोगाउन बनेको विधेयक पनि संसदमा पेस गरिने कार्यसूचि रहेको सचिव खड्काले जानकारी दिए।
यद्यपी हालसम्म पनि संसदीय समितिको लागि राजनीतिक दलहरुले नाम भने नपठाएको प्रदेश सभा सचिवालयले जनाएको छ।
Shares
प्रतिक्रिया