मकवानपुरको मनहरीमा भालुको आक्रमणबाट दुईजना घाइते भएका छन्। भालुको आक्रमणबाट मनहरी-६ का ४३ वर्षीय बलबहादुर राई र सोही स्थानका ३५ वर्षीय जय राई घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ।
उनीहरुलाई शनिबार बिहान मनहरी-६ प्रतापपुरस्थित पर्सा राष्ट्रिय निकुन्ज बफरजँङको जंगलमा भालुले आक्रमण गरेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले बताए।
राईद्वय जंगलमा हराइरहेका गाईभँसी खोज्न गएका थिए। घाइतेको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ।
30
Shares
प्रतिक्रिया