ad ad

बागमती


देशलाई चिनाउनसक्ने माध्यम आयुर्वेद हो, यसमा धेरै काम गर्नुपर्छ : बालेन्द्र शाह

देशलाई चिनाउनसक्ने माध्यम आयुर्वेद हो, यसमा धेरै काम गर्नुपर्छ : बालेन्द्र शाह

नेपालखबर
बैशाख १७, २०८० आइतबार १८:३५, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आयुर्वेद देशलाई चिनाउनसक्ने माध्यम भएको बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले आयुर्वेदका लागि सरकारी स्तरबाट धेरै काम गर्न बाँकी रहेको पनि बताए। 

‘आयुर्वेदको लागि अझै धेरै गर्न बाँकी छ। पहिला जुन स्तरमा आयुर्वेद थियो त्यो भन्दा बढ्दै जानुपर्नेमा शिथिल भएको जस्तो लाग्छ। यसलाई प्रवद्र्धन गर्दै जानुपर्छ,’ उनले भने, ‘नेपालमा पहिला आउने पर्यटक देशको आयुर्वेदको लागि आउँथे, योगको लागि आउँथे। हाम्रो देश आफैँमा तपोभूमि हो। यसको प्रवद्र्धनको लागि आगमी दिनमा अझै धेरै काम गर्नुपर्छ।’

आयुर्वेद बिस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको पनि उनले बताए। 

उनले पहिला नेपालमा विदेशी पर्यटकहरु योगा, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय खस्कँदै गएको पनि बताए। उनले आयुर्वेदको प्रवद्र्धनका लागि सरकारले धेरै काम गर्नुपर्ने बताए। 

आइओएममा नाम ननिक्लिेपछि आयुर्वेदमा परीक्षा दिने जस्तो भएको तर शुरुमै यसमा जोड दिनुपर्ने उनको भनाई छ। 

‘हामीले ३२ वडामा नै हेल्थ प्रमोशन सेन्टर खोल्दैछौँ। वैशाख अन्तिमसम्म ८ वटा वडामा शुरु हुन्छ। आयुर्वेद देशलाई चिनाउन सक्ने चिज हो’, उनले भने। 

मेयर साहले आयुर्वेदको प्रवद्र्धन र बिस्तार गरी विदेशी पर्यटकहरु नेपालमा भित्र्याउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .