बागमती


बागमती प्रदेश : जो आज मन्त्री बन्दै छन्

बागमती प्रदेश : जो आज मन्त्री बन्दै छन्

सुनिता विष्ट
जेठ ७, २०८० आइतबार १३:३१, हेटौँडा

बागमती मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ। लामो समयदेखि रिक्त ५ मन्त्रालयमा आज मन्त्री नियुक्त गरिने भएको हो। साथै भागबन्डा मिलाउन अर्को एउटा मन्त्रालय थपिने पनि भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। 

जसमा एकीकृत समाजवादीबाट २ र कांग्रेसबाट ४ जना मन्त्री बन्दै छन्। एकीकृत समाजवादीले दाबी गरेका २ मन्त्रालयमा आज मन्त्री नियुक्त गरिने उक्त पार्टीको बागमती संसदीय दलका नेता कृष्ण शर्मा खनालले जानकारी दिए। एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल र राजेन्द्रमान श्रेष्ठ मन्त्रीका लागि सिफारिसमा परेको स्रोतले जनाएको छ। काभ्रेको प्रदेशसभा क्षेत्र २ (क) बाट निर्वाचित लम्साल श्रम रोजगार तथा यातायात मन्त्री बन्दै छन् भने भक्तपुर २ (ख) बाट निर्वाचित श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

यस्तै कांग्रेसबाट सिन्धुपाल्चोक प्रदेश सभा क्षेत्र १ (क) बाट निर्वाचित मसिना खड्का वन तथा वातावारण मन्त्री नियुक्त हुँदै छिन्। यस्तै काठमाडाै‌ १० (क) बाट निर्वाचित सांसद पुकार महर्जन उद्योग पर्यटन तथा सहकारी मन्त्री बन्ने भएका भएका छन् भने चितवन प्रदेश सभा क्षेत्र २ (ख) बाट निर्वाचित सांसद उत्तम जोशी स्वास्थ्य मन्त्रीमा नियुक्त हुन लागेको स्रोतले जनाएको छ। 

यस्तै स्रोतका अनुसार कांग्रेसले दाबीगरे अनुसार भागबन्डा मिलाउन थपिन लागेको एक मन्त्रालयमा बिनाविभागीय मन्त्री नियुक्त हुन लागेका छन्। जसमा ललितपुर प्रदेश सभा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद रामकृष्ण चित्रकार हाल बिनाविभागीय मन्त्रीमा नियुक्त हुन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .