धादिङमा भीरबाट लडेर आमा–छोराको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उनका २ वर्षीय छोरा साजनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमबार घरनजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भीरबाट लडेकी हुन्।
दुवैजनाको उपचारका क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
207
Shares
प्रतिक्रिया