बागमती


बागमतीको वित्तीय हस्तान्तरण : कुन जिल्लाले कति पाए? (सूची)

बागमतीको वित्तीय हस्तान्तरण : कुन जिल्लाले कति पाए? (सूची)

सुनिता विष्ट
असार ५, २०८० मंगलबार १२:१२, हेटौँडा

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। शुक्रबार सार्वजनिक बजेटअनुसार अन्तर-सरकारी वित्तीय हस्तान्तरणमा ७ अर्ब ५७ करोड ४६ लाख ९६ हजार रूपैयाँ विनियोजन गरिएको छ। जसमध्ये बागमतीका १३ जिल्लामा सबैभन्दा धेरै बजेट धादिङले तथा सबैभन्दा कम रसुवाले पाएका छन्। 

कूल ८५ करोड २१ लाख २१ हजार अन्तर सरकारी वित्तीय अनुदान पाएको धादिङले समानीकरणमा १७ करोड ९९ लाख ३६ हजार पाएको छ भने ससर्ततर्फ २८ करोड ७२ लाख २६ हजार, विशेष अनुदानतर्फ ९ करोड ५० लाख र समपूरकअनुदानमा २९ करोड पाएको छ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको गृहजिल्ला धादिङमा अन्य जिल्लाको तुलनामा सबैभन्दा धेरै अन्तर सरकारी वित्तीय अनुदान छुट्याइएको पाइएको छ। 

सबैभन्दा कम वित्तीय हस्तान्तरण पाएको जिल्ला रसुवा हो। रसुवाले २३ करोड ७२ लाख ७६ हजार वित्तीय हस्तान्तरण पाएको छ। जसमा समानीकरण तर्फ ३ करोड ५७ लाख ५६ हजार, ससर्ततर्फ ९ करोेड २० लाख ७० हजार, विशेष अनुदानतर्फ ३ करोड ८३ लाख पाएको छ भने समपूरकतर्फ ७ करोड ११ लाख ५० रुपैयाँ अनुदान पाएको छ। 

यस्तै सिन्धुपाल्चोकले समानीकरण अनुदानमा १५ करोड ५९ लाख १२ हजार पाएको छ भने ससर्ततर्फ २८ करोड १४ लाख पाएको छ। यस्तै विशेष अनुदानतर्फ ५ करोड ९० लाख, समपूरकअनुदानतर्फ १५ करोड १ लाख पाउँदा प्रदेश सरकारबाट सिन्धुपाल्चोकले ६४ करोड ६४ लाख १२ हजार रुपैयाँ वित्तीय हस्तान्तरण पाएको छ। 

यस्तै काभ्रेपलाञ्चोकले समानीकरण अनुदानमा १३ करोड ३४ लाख ३ हजार पाएको छ भने ससर्ततर्फ ३१ करोड ५२ लाख ८२ हजार पाएको छ। यस्तै विशेष अनुदानतर्फ ६ करोड, समपूरक अनुदानतर्फ २३ करोड प्रदेश सरकारबाट काभ्रेपलाञ्चोकले ७३ करोड ८६ लाख ८५ हजार रुपैयाँ वित्तीय हस्तान्तरण पाएको छ। 

यस्तै नुवाकोटले समानीकरण अनुदानमा १० करोड ७ लाख ५७ हजार पाएको छ भने ससर्ततर्फ २७ करोड ४१ लाख १२ हजार पाएको छ। यस्तै विशेष अनुदानतर्फ ९ करोड ५७ लाख, समपूरकअनुदानतर्फ २८ करोड २२ लाख ५० हजार पाउँदा बागमती प्रदेश सरकारबाट नुवाकोटले ७५ करोड २८ लाख १९ हजार रुपैयाँ वित्तीय हस्तान्तरण पाएको छ। 

यस्तै चितवनले समानीकरण अनुदानमा १ अर्ब २४ करोड ५१ लाख पाएको छ भने ससर्ततर्फ ३ अर्ब ७ करोड ९० लाख पाएको छ। यस्तै विशेष अनुदानतर्फ १६ करोड ९० लाख, समपूरकअनुदानतर्फ ८ करोड ४५ लाख पाउँदा प्रदेश सरकारबाट चितवनले ४ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ वित्तीय हस्तान्तरण पाएको छ। 

मकवानपुरले समानीकरण अनुदानमा १२ करोड ४२ लाख १३ हजार पाएको छ भने ससर्ततर्फ ३१ करोड ११ लाख ९६ हजार पाएको छ। यस्तै विशेष अनुदानतर्फ ७ करोड ६० लाख, समपूरकअनुदानतर्फ २३ करोड ४० लाख पाउँदा मकवानपुरले ५४ करोड ५४ लाख ९ हजार रुपैयाँ वित्तीय हस्तान्तरण पाएको छ। 

यस्तै भक्तपुरले समानीकरण अनुदानमा ८ करोड ३९ लाख ४८ हजार पाएको छ भने ससर्ततर्फ ११ करोड ७६ लाख ९२ हजार पाएको छ। यस्तै विशेष अनुदानतर्फ १ करोड ५० लाख, समपूरकअनुदानतर्फ १० करोड पाउँदा प्रदेश सरकारबाट भक्तपुरले ३१ करोड ६६ लाख ४० हजार रुपैयाँ वित्तीय हस्तान्तरण पाएको छ। 

ललितपुर जिल्लाले बागमती प्रदेश सरकारबाट ४१ करोड २२ लाख २८ वित्तीय हस्तान्तरण पाएको छ। जसमा समानीकरणतर्फ १० करोड ३४ लाख, ससर्ततर्फ १२ करोेड ९८ लाख २८ हजार, विशेष अनुदान तर्फ ४ करोड ९० लाख पाएको छ भने समपुरकतर्फ १३ करोड अनुदान पाएको छ। 

काठमाडाैंले समानीकरण अनुदानमा २९ करोड ५१ लाख ९२ हजार पाएको छ भने ससर्ततर्फ २४ करोड २१ लाख २६ हजार पाएको छ। यस्तै विशेष अनुदानतर्पm ५ करोड, समपूरकअनुदानतर्फ २४ करोड २५ लाख पाउँदा प्रदेश सरकारबाट काठमाण्डौंले ८२ करोड ९८ लाख १८ हजार रुपैयाँ अन्तर सरकारी वित्तीय हस्तान्तरण पाएको छ।

रापेछाप जिल्लाले ४९ करोड १३ लाख ३५ हजार वित्तीय हस्तान्तरण पाएको छ। जसमा समानीकरण तर्फ ११ करोड १ लाख ७३ हजार, ससर्ततर्फ १६ करोेड ८७ लाख ६२ हजार, विशेष अनुदान तर्फ ५ करोड ८२ लाख पाएको छ भने समपुरकतर्फ १५ करोड ४२ लाख रुपैयाँ अनुदान पाएको छ। 

यस्तै, दोलखाले समानीकरण अनुदानमा ११ करोड ८ लाख ३८ हजार पाएको छ भने ससर्ततर्फ १९ करोड ९२ लाख ३८ हजार पाएको छ। यस्तै विशेष अनुदानतर्फ ५ करोड ३० लाख, स १७ करोड ५० लाख पाउँदा दोलखाले ५३ करोड ८० लाख ७२ हजार रुपैयाँ वित्तीय हस्तान्तरण पाएको छ। 

सिन्धुलीले समानीकरण अनुदानमा १ करोड ४० लाख ८७ हजार पाएको छ भने ससर्ततर्फ १९ करोड ५६ लाख ८२ हजार पाएको छ। यस्तै विशेष अनुदानतर्फ ५ करोड ८० लाख, समपूरकअनुदानतर्फ १७ करोड १५ लाख पाउँदा प्रदेश सरकारबाट सिन्धुलीले ५१ करोड ९२ लाख ६९ हजार रुपैयाँ अन्तर सरकारी वित्तीय हस्तान्तरण पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .