बागमती


बागमतीका मन्त्री चित्रकारले पाए ९३ औं दिनमा मन्त्रालयको जिम्मेवारी

बागमतीका मन्त्री चित्रकारले पाए ९३ औं दिनमा मन्त्रालयको जिम्मेवारी

सुनिता विष्ट
भदौ ५, २०८० मंगलबार १९:६, हेटाैंडा

लामो समय बिना विभागीय मन्त्रीको भूमिकामा रहेका बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकारले मंगलबार बिभागीय जिम्मेवारी पाएका छन्। 

मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको क्याबिनेट बैठकले उनको विभागीय जिम्मेवारी दिइनेगरी मन्त्रालयको नाम टुंग्याएको हो। 

मन्त्री चित्रकारले उद्योग वाणिज्य भूमी तथा प्रशासन मन्त्रालय पाउनेगरी मन्त्रालयको नाम आजको क्याबिनेट बैठकले टुंग्याएको हो।

एक मन्त्रालय बढेसँगै बागमतीमा अब १२ मन्त्रालय रहने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता गंगा नारायण श्रेष्ठले बताए।

यता, लामो समयसम्म बिनाविभागीय जिम्मेवारीमा रहेका चित्रकारले ९४ औं दिनमा मन्त्रालयको जिम्मेवारी पाउँदा खुसी देखिएका छन्। यसअघि उद्योग तथा सामान्य प्रशासन मन्त्रालय पाउने चर्चा चुलिए पनि अन्त्यमा उनको भागमा भूमी व्यस्थाको समेत जिम्मेवारी थप भएको छ।

आफूले पाएको मन्त्रालयको जिम्मेवारी इमान्दारिताको साथ पूरा गर्ने उनको दाबी छ। 

लामो समयसम्म जिम्मेवारी विहिन रहनुपरेता पनि अब जिम्मेवारी पाएपछि इमान्दारिताका साथ काम गर्ने उनले बताए।

यस्तै, पाएको मन्त्रालयमा कुनै असन्तुष्टि नरहेको बताउँदै उनले भने, ‘काम नपाउँदा असन्तुष्ट हुने हो। काम पाउँदै गर्दा यो काम र त्यो काम भन्ने हुँदैन। आफूले पाएको जिम्मेवारी जनताको पक्षमा, प्रदेशको पक्षमा र समग्रमा देशको पक्षमा काम गर्ने छु।’

चित्रकारले गत जेष्ठ ७ गते मन्त्री पदको सपथ खाएका थिए। मन्त्रालय भन्दा मन्त्रीको संख्या बढी हुँदा मन्त्रालयको संख्या थप गर्नुपर्ने कारण कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता समेत रहेका चित्रकार लामो समयसम्म विभागविहीन थिए।

क्याबिनेट बैठकले विभाग तोकेसँगै उनले आजै पदभार ग्रहण समेत गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .