ad ad

बागमती


परिवारको हौसलाले जितिन्छ एचआईभी, बागमतीमा कस्तो छ अवस्था?

परिवारको हौसलाले जितिन्छ एचआईभी, बागमतीमा कस्तो छ अवस्था?

सुनिता विष्ट
मंसिर १५, २०८० शुक्रबार २०:०, मकवानपुर (हेटौँडा)

मकवानपुरको मनहरी गाउँपालिका घर भएका ३७ वर्षीया राजु लामा (नाम परिर्वन) केही वर्षअघि रोजगारीको शिलशिलामा छिमेकी मुलुक भारत पुगे। २२/२५ वर्षको अल्लारे उमेर, त्यसमा पनि काम गर्ने ठाउँका साथीहरू उस्तै।

होटलमा भाडा माझ्ने लगायतका काम गर्न बसेका राजु विस्तार कुलतमा फस्दै गए। लागुऔषधको नशामा डुब्न मन पराउने उनी लागुऔषधको सिकार मात्रै साथीसंगीको लहलहैमा उनलाई एचआईभी एड्स संक्रमण भएको पुष्टि भयो। 

त्यतिबेला उनी २७ वर्षका थिए, जतिबेला आफ्नो शरीरमा एड्स रोग छ भन्ने थाहा भयो। भारतमा काम गर्ने उनी एड्स संक्रमित भएपछि नेपाल आए। एचआईभीको बारेमा उनलाई केही थाहा थियो भने त्यो मात्र ‘मृत्यु’ थियो। उनले आफू संक्रमित भएको थाहा पाएपछि जसरी पनि मर्नु नै छ, भन्ने लागेको थियो। आफू संक्रमित भइसकेपछि उनीलाई अब मृत्यु बाहेक केही छैन भन्ने लाग्न थाल्यो।

‘सुरु सुरुमा त अहिले जस्तो यो रोगको बारेमा जानकारी थिएन। मलाई एचआईभी पोजेटिभ भयो भन्ने खबरले गाउँ नै क्रसित थिए। मेरो ज्यानको रोग आफूलाई पनि सर्ला भनेर छिमेकीहरु पर पर हिँड्थे। चुनौती र संघर्ष त कति गर्न पर्यो। तर अहिले भने त्यस्तो छैन। समाजले हेर्ने दृष्टिकोण बदलिएको छ,’ मुसुस्क हाँस्दै उनले भने।

परिवारको माया, समाजको सहानुभूति र आफन्तको हौसलाले एड्स रोगलाई जित्न सकिने उनको अनुभव छ। उपचार र परामर्शले उनको आत्मविश्वास बढायो। अहिले उनी दैनिक रुपमा औषधि सेवन गरिरहेका छन् भने अन्य स्वस्थ व्यक्तिहरू जसरी नै आफ्नो दैनिकी चलाइरहेका छन्। 

खुल्न चाहँदैनन्
एचआईभी संक्रमितहरू खुल्न चाहँदैनन्। एचआइभी संक्रमितहरू परिवार र समाजको भेदभावका कारण खुल्न डराउँछन्। स्थानीय सरकारहरू एचआईभी एड्सका विषयमा उदासीन देखिएको संक्रमितहरूको गुनासो छ। विभिन्न कार्यक्रममार्फत संक्रमितलाई सम्बोधन गर्नुपर्नेमा पालिकाहरू पूर्वाधारमा केन्द्रित भएको उनीहरूको भनाइ छ।

स्थानीय तहहरूले प्रतिबद्धता जनाए पनि सहयोग नभएको एचआइभी संक्रमित जुना सुनुवारको गुनासो छ। एचआइभी संक्रमितहरू पालिकाहरूको प्राथमितामा नपरेको उनी बताउँछिन्। संक्रमितलाई आत्मबल बढाउने, परामर्श दिने, औषधोपचारमा सहयोग गर्ने तथा रोजगारमा जोड्ने काम गरिनुपर्नेमा उल्टै स्थानीय सरकारले बेवास्ता गरेको छ।

कस्तो छ बागमतीको अवस्था?
बागमती प्रदेशमा एचआईभी संक्रमितकोदर घट्दो क्रममा छ। गत आर्थिक बर्षहरुको तथ्यांक हेर्दा अघिल्लो आर्थिक बर्ष २०७९÷८० मा संक्रमितको दर घट्दो क्रममा रहेको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ। 

अघिल्लो आर्थिक बर्षमा बागमती प्रदेशका ८ सय ३३ जनामा एचआईभी संक्रमण भएको थियो। आव २०७८/०७९ प्रदेशमा ९ सय १५ जनामा संक्रमित भएको थिए। प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा धेरै काठामाण्डौं जिल्लामा ५ सय ६१ जना संक्रमित भेटिएका थिए। यस्तै दोस्रोमा चितवनमा १ सय २८ जना संक्रमित भेटिएका थिए भने मकवानपुरमा ६३, सिन्धुलीमा ७०, काभ्रपलाञ्चोकमा ३, ललितपुर  ७४, भक्तपुरमा ३९ र नुवाकोटमा ५ जना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले जानकारी दिए। 

एआरटी सेवा लिने कति? 
उनका अनुसार आव २०७९/०८० मा बागमती प्रदेशमा एआरटी प्रयोगकर्ताको संख्या पनि काठमाण्डौंमा धेरै रहेका छन्। काठमाडौँमा ३ हजार ७ सय ५० एचआईभी संक्रमितहरूले गत आवमा एआरटी प्रयोग गरेको निर्देशनालयको तथ्यांक छ। यस्तै चितवनमा ११ सय ३९, ललितपुरमा ४ सय ६६, मकवानपुरमा २ सय ८३, सिन्धुलीमा ७०, काभ्रेमा ९३, भक्तपुरमा १ सय २६, नुवाकोटमा १ सय ८३, धादिङमा १ सय २२, सिन्धुपाल्चोकमा ८३ र दोलखामा २० जना एचआइभी संक्रमितहरुले एआरटी लिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .