बागमती


२४ मा चढ्यो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम

२४ मा चढ्यो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
फागुन १८, २०८० शुक्रबार २०:१, काठमाडौँ

काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियसमा उक्लिएको छ।

हिउँदयाम सकिएर प्रिमनसुन सुरु भएकै दिन आज (शुक्रबार) उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियसमा पुगेको हो।

बिहीबार उपत्यकाको अधिकतम तापक्रम २३.८ डिग्री सेल्सियस थियो।

यस्तै आज उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार उपत्यकाको न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस थियो।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

यही फागुन १० गते भएको मौसम बदली र वर्षाका कारण फागुन ११ गते ३.५ डिग्री सेल्सियसमा झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम क्रमशः बढेर आज ७.५ डिग्री सेल्सियसमा उक्लिएको हो। त्यस दिन उपत्यकाको अधिकतम तापक्रम पनि १९.४ डिग्री सेल्सियसमा झरेको थियो।

यसैबीच आज बेलुका नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने र त्यसको प्रभावले शनिबार र आइतबार देशभरसँगै काठमाडौँ उपत्यकामा पनि घाम नलाग्ने तथा वर्षाको सम्भावना रहेकाले तापक्रम पुनः घट्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .