पछिल्लो २४ घण्टामा काठमाडौँका दुई स्थानमा भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) दिउँसो २:१४ बजे दिएको विवरणअनुसार काठमाडौँका सुन्दरीजलमा ७९.२ मिलिमिटर र बूढानीलकण्ठमा ७७.८ मिलिमिटर वर्षा मापन भएको हो।
मौसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथि वर्षा हुनुलाई भारी वर्षा भनिन्छ।
सो अवधिमा काठमाडौँ उपत्यकाका अन्य स्थानमा भने नगन्य मात्रामा वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना छ।
93
Shares
प्रतिक्रिया