ad ad

बागमती


त्रिशूलीमा बस खस्दा बेपत्ता ३ मध्ये एकजनाको शव भेटियो

त्रिशूलीमा बस खस्दा बेपत्ता ३ मध्ये एकजनाको शव भेटियो

नेपालखबर
फागुन २४, २०८० बिहिबार १२:३०, काठमाडौँ

बुधबार धादिङको गजुरीस्थित त्रिशूलीमा बस खस्दा बेपत्तामध्ये एक जनाको शव फेला परेको छ।

खोजीका क्रममा दुर्घटनास्थलभन्दा १५० मिटर तल त्रिशूली नदीमा पुरुष व्यक्तिको शव फेला पारेको हो। 

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस (आदामघाट) बाट गोताखोरसहित  खटिएको टोलीले  अन्दाजी २०/२५ वर्षको पुरुषको शव पानीबाट बाहिर निकालिएको जनाएको छ। 

रुपन्देहीबाट काठमाडाैँ आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बुधबार बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो। 

दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३८ जनाको उद्धार गरिएको थियो। 

प्रहरीका अनुसार बसमा रहेका नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन्।

अहिले भेटिएको शव कसको भन्ने खुल्न बाँकी छ। 

उक्त दुर्घटनामा यसअघि रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रुवी श्रेष्ठ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अली र सराजुद्दिन मुसलमानको मृत्यु भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .