ad ad

बागमती


सार्वजनिक बसभित्र ‘ब्याड टच’ गर्नुहुन्छ? पर्नुहोला प्रहरीको फन्दामा

सार्वजनिक बसभित्र ‘ब्याड टच’ गर्नुहुन्छ? पर्नुहोला प्रहरीको फन्दामा

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
चैत २, २०८० शुक्रबार १३:४, काठमाडौँ

सार्वजनिक स्थान, कार्यालय, यातायातका साधनलगायतमा महिला तथा बालबालिकालाई हुने यौन दुर्व्यवहार र चोरी नियन्त्रणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ‘सेफ्टी पिन क्याम्पियन’लाई तीव्रता दिएको छ। 

सर्वसाधारणबाट सार्वजनिकस्थलमै यौन दुर्व्यवहारका घटना भएको गुनासो बढेपछि त्यसलाई रोक्न सूक्ष्म निगरानी गरी त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन उपत्यका प्रहरीले उक्त अभियानमा सादा पोसाकमा प्रहरी कर्मचारी खटाइरहेको छ। 

उपत्यकाका विभिन्न क्षेत्रमा आठवटा टोलीले अहिले निगरानी गरिरहेको र उक्त अभियानले सकारात्मक नतिजा दिइरहेको उपत्यका प्रहरीले जनाएको छ।

अभियानअन्तर्गत चालु आर्थिक वर्षमा मात्रै एक हजार आठ सयजनालाई नियन्त्रणमा लिइएको छ। उनीहरुमध्ये एक सय ७८ जनाविरुद्ध  मद्दा नै चलाइएको र बाँकी एक हजार छ सयभन्दा बढीलाई अब त्यस्तो व्यवहार प्रदर्शन नगर्ने सर्तमा परिवारको जिम्मा लगाएर छाडिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताए।

उनले यो अभियान प्रहरीले २०७४ देखि नै सुरु गरेको र २०७७ देखि भने  कार्ययोजना नै स्वीकृत गरी अभियान जारी रहेको जानकारी दिए। उपत्यका प्रहरीले महिला बालबालिकाको मानसिक तथा अमर्यादित क्रियाकलापमा पीडित र साक्षी मौन बस्ने गरेको देखिएको र विभिन्न पार्क, सार्वजनिकस्थल, मनोरञ्जनात्मक स्थल, सेवा प्रवाह हुने ठाउँ, कार्यालय वा जमघट हुने स्थानमा यौन दुर्व्यवहार बढी हुने गरेको पाइएकाले त्यस्ता गतिविधि र अन्य आपराधिक क्रियाकलाप रोक्न उक्त अभियान थालेको हो। 

साथै अपराधीलाई कानुनी कारबाही गर्न, सार्वजनिक स्थान र सार्वजनिक यातायातमा महिला बालबालिकामाथि हुने यौनजन्य दुव्र्यवहारका घटनाबारे खुलेर आवाज उठाउनसक्ने बनाउन तथा पीडकलाई कानुनी कारबाही गर्ने उद्देश्यले उक्त अभियान थालिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली बताउँछन्। उनले उक्त अभियानले सकारात्मक प्रभाव परिरहेको र अझै प्रभावकारी बनाउने योजनाका साथ प्रहरी लागेको बताए।

यसका लागि आठ टोली बनाएर उनीहरुलाई सादा पोसाकमा परिचालन गर्ने गरिएको छ। टोली आफ्नो तोकिएको क्षेत्रमा सूक्ष्म निगरानी गरी त्यस्ता गतिविधि गर्ने व्यक्तिलाई तत्काल पक्राउ गर्ने र कारबाहीको दायरामा ल्याउन सक्रिय भइरहेका छन्। अहिले बढी भीडभाड हुने समय बिहान ८ देखि मध्याह्न १२ र अपराह्न ३ देखि साँझ ७ बजेसम्म टोली परिचालिन हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .