ad ad

बागमती


कांग्रेसले नीति तथा कार्यक्रममाथि छलफल गर्न दिएन : बर्तौला

कांग्रेसले नीति तथा कार्यक्रममाथि छलफल गर्न दिएन : बर्तौला

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १७:४, हेटाैँडा

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसका कारण नीति तथा कार्यक्रमको विषयमा सदनमा छलफल गर्न नपाएको बताएका छन्।

शुक्रबार हेटौंडामा एमाले मकवानपुरको १२ औं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख सचेतक बर्तौलाले नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा संसदमा छलफल गर्न नपाएको बताएका हुन्।

‘नेपाली कांग्रेसले आफ्नो जिम्मेवारी राखेर संसदीय मूल्य मान्यताका आधारबाट अगाडि बढ्न सकेन’ उनले भने, ‘जसका कारण संसदको मुख्य जिम्मेवारीको रुपमा रहेको नीति कार्यक्रममा सदनमा खुलेर छलफल गर्ने वातावरण नै बन्न पाएन।

प्रमुख सचेतक बर्तौलाले थपे, ‘कांग्रेसले पटक-पटक संसद अवरुद्ध गर्दा कानुन निर्माणमै धक्का लागिरहेको छ। संविधान कार्यान्वयन गर्नका लागि आजको मितिमा पनि १८१ भन्दा बढी कानुन बनाउनु पर्नेछ। यो सबै कांग्रेसकै कारण ढिलो भैरहेको छ।’

यस्तै बर्तौलाले मिसन ८४ मा नेकपा एमालेको एकल सरकार निर्माण गर्ने लक्षका साथ लाग्नुपर्ने बताए।

देशको राष्ट्रिय शक्तिका रुपमा स्थापित गरेर नेकपा एमालेको नेतृत्वमा एकल सरकारमा रहेर देश विकास लाग्ने उनको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .