ad ad

बागमती


त्रिशूलीमा बगेका बसका थप २ यात्रुको शव फेला, दुवै पुरुष

त्रिशूलीमा बगेका बसका थप २ यात्रुको शव फेला, दुवै पुरुष

फाइल तस्बिर खोजीमा खटिएका


सुनिता विष्ट
असार ३०, २०८१ आइतबार ११:२२, हेटौँडा

गत शुक्रबार बिहान नारयणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता दुईवटा बसका यात्रुमध्ये थप दुई जनाको शव फेला परेको छ।

खोजीका क्रममा आज (आइतबार) बिहान थप दुई जनाको शव घटनास्थलबाट निकै टाढा नारायणी नदीमा बालुवामा आधा गाडिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, डीएसपी भेषराज अधिकारीका अनुसार एउटा शव नवलपुरको गैँडाकोट नगरपालिका-७ गैरीस्थित नारायणी नदीमा र अर्को चितवनको भरतपुर महानगरपालिका २८ स्थित नारायणी नदीकै किनारमा फेला परेका हुन्। 

दुवै शव पुरुषको भएको उनले बताए। दुवै शव त्यही बसका यात्रुकै भएको अनुमान गरिएको डीएसपी रिजालको भनाइ छ। 

शवको सनाखत गर्न आफन्तहरूलाई बोलाइएको डीएसपी रिजालले बताए।

यी दुईसहित हालसम्म ५ जना यात्रुको शव फेला परेको प्रहरीले जनाएको छ।

यसअघि शनिबार भेटिएका ३ शवको भने पहिचान भइसकेको छ।

जसमा चितवनको माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको छन्।

काठमाडौँबाट गौरतर्फ आइरहेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस यही असार २८ गते बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा त्रिशूलीमा बगेर बेपत्ता छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .