ad ad

बागमती


सनराइज स्कुलबाट हराएका ११ वर्षीय संयोग आमासँग अलग्गिएका आफ्नै बुवासँग भेटिए

सनराइज स्कुलबाट हराएका ११ वर्षीय संयोग आमासँग अलग्गिएका आफ्नै बुवासँग भेटिए

फाइल तस्बिर : आफ्नी आमाका साथमा संयोग


सुनिता विष्ट
भदौ १२, २०८१ बुधबार १४:७, हेटौँडा

चितवनको भरतपुरस्थित इङ्लिस बोर्डिङ स्कुलबाट मंगलबार हराएका बालक बुधबार फेला परेका छन्। 

सनराइज इङ्लिस बोर्डिङ स्कुलको होस्टलमा बस्ने गरेका ११ वर्षीय संयोग बहादुर पौडेल मंगलबार दिउँसोदेखि एकाएक बेपत्ता भएका थिए।

तर आज दिउँसो संयोगलाई आफ्नै बुवा गणेश पौडेलसँग भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी, डीएसपी भेषराज रिजालले जानकारी दिए। 

भरतपुर महानगरपालिकाकै वडा नम्बर-१३, उज्जवलनगर घर भएका संयोग सनराइज स्कुलमा कक्षा ५ मा अध्ययनरत छन्।

उनले हिजो कक्षाका साथीहरूसँग झगडा भएपछि विद्यालयबाट निस्किएर हिँडेको बताएको प्रहरीले जनाएको छ।

स्कुलबाट मंगलबार अपराह्न ४ बजेतिर निस्किएको तर बाटोमा आफ्नो बुवालाई भेटेपछि उनीसँगै बसेको संयोगले बताएका छन्। 

यस बिषयमा थप अनुसन्धान भइरहेको डीएसपी रिजालले बताए। 

संयोगको आमा र बुवाको केही वर्षअघि सम्बन्ध विच्छेद भएको थियो।

त्यसपछि संयोगकी आमा सरिता पौडेल क्षेत्रीले छोरोलाई होस्टलमा राखेर वैदेशिक रोजगारीका लागि दुबई गएकी थिइन्।

डीएसपी भण्डारीका अनुसार संयोग बिदाका बेला मामाघरमा बस्ने गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .