ad ad

बागमती


लेलेका पहिरो प्रभावितलाई रिटर्नी फेडरेसनको सहयोग

लेलेका पहिरो प्रभावितलाई रिटर्नी फेडरेसनको सहयोग

नेपालखबर
असोज २०, २०८१ आइतबार १५:३८, काठमाडौँ

रिटर्नी फेडरेसन नेपालले ललितपुरको लेलेमा पहिरो प्रभावितलाई राहत वितरण गरेको छ।

फेडरेसनको टोलीले शनिबार ४ वटा परिवारलाई चामल, दाल, चिउरा, खाने तेल,  कम्बलसहितका कपडा वितरण गरेको फेडरेसनका केन्द्रीय इन्चार्ज डा कृष्ण केसीले जानकारी दिए।

बाढी र पहिरोका कारण लेले जाने बाटो धेरै क्षतिग्रस्त रहेको र राज्यका तर्फबाट पनि उचित राहत पुग्न नसकेको कारण स्थानीयले अझै असहयोगको अपेक्षा गरिरहेको पनि उनले जानकारी दिए।

त्यहाँ कतिपय परिवार अहिले पनि विस्थापित रहेको र केहीले आफन्तकहाँ शरण लिइरहेको उनको भनाइ छ।

तस्बिरमा हेर्नुहोस् प्रभावित क्षेत्रको अवस्था :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .