इटहरीमा तास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
इटहरी उपमहानगरपालिका ९ स्थित रघु चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ९ बस्ने अजय राय, ८ बस्ने विष्णु सिंह, ९ बस्ने रवि महतो, ६ बस्ने रामकृष्ण यादव र ९ बस्ने फुलवावु साह पक्राउ परेका छन्।
यस्तै इटहरी ६ बस्ने सञ्जय गुरुङ ,९ बस्ने अशोक गोश्वामी ,४ रुद्र तामाङ , ९ बस्ने रघु चौधरी, ९ बस्ने वीरेन्द्र साह, अनिल गुप्ता र मोरङको उर्लाबारी ७ र्का १९ को रवि साहलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनीहरुको साथबाट १ लाख १६ हजार ६६० रुपैयाँ पनि बरामद भएको छ।
उनीहरुलाई जुवा मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय इनरुवाबाट म्याद थप भई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया