ad ad

अपराध


ललितपुरमा पत्नीको हत्या गरी शव झुन्ड्याउने व्यक्ति पक्राउ

ललितपुरमा पत्नीको हत्या गरी शव झुन्ड्याउने व्यक्ति पक्राउ

अभियुक्त राम कुमाल।


नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १३:४०, काठमाडौँ

ललितपुरमा श्रीमतीको हत्या गरी शव झुन्ड्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

यही कात्तिक १२ गते साँझ साढे ५ बजेतिर गुल्मीको इस्मा गाउँपालिका १ की २८ वर्षीया जमुना भन्ने वसन्ती कुमाल मृत फेला परेकी थिइन्। 

ललितपुरको भैंसेपाटीमा डेरामा बस्ने वसन्तीले झुन्डिएर आत्माहत्या गरेको भन्दै आफन्तले प्रहरीलाई खबर गरेका थिए। तर प्रहरीले घटना शंकास्पद देखिएको भन्दै उनका श्रीमान् राम कुमाललाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। 

अनुसन्धानका क्रममा रामले नै पत्नी वसन्तीको हत्या गरेको र आत्महत्या गरेको देखाउन शव झुन्ड्याएको खुलेको छ। 

२९ वर्षीय राम कुमाललाई प्रहरीले अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .