‘प्रेमगीत ३’ नेपाली फिल्म उद्योगमा यो वर्ष हिट भएको फिल्म हो।
यो फिल्मको चर्चा नेपाली फिल्म उद्योगमा मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा पनि भयो। नेपाली र हिन्दी डब गरी दुई भाषामा प्रदर्शन भएको यो फिल्मले बलिउड बजारबाट राम्रो कलेक्सन गर्यो । फिल्मलाई लिएर थुप्रै बहस भए।
नेपाली फिल्म उद्योगमा जम्दै गरेका प्रदीप खड्कालाई यहि फिल्मले चर्चाको शिखरमा पुरायो। गत असोज ७ गते देश तथा देश बाहिरका थुप्रै हलमा एकसाथ प्रदर्शन भएको यो फिल्मले नाफा कमाएका फिल्मका निर्माता सन्तोष सेनको दाबी छ।
व्यवसायीक रुपमा सफल भएको फिल्मकी अभिनेत्री भने फिल्म हलबाट उत्रिएसँगै गुमान छिन्। यहि फिल्मको शिर्ष भूमिका निर्वाह गरेकी क्रिस्टिना गुरुङ प्रमोशनको समयमा पनि प्रदीपको छायाँमा परिन्।
उनले यही फिल्मबाट रजतपटमा डेब्यु गरेकी थिइन्। डेब्यू फिल्मबाट आफ्नो चर्चा हुनेमा उनी ढुक्क जस्तै थिइन्।
थुप्रै डेब्यु कलाकारले पहिलो फिल्म रिलिज सँगै नयाँ फिल्ममा साइन गर्ने गरेका छन्। तर क्रिस्टिना भने अन्य निर्माता/निर्देशकको रोजाइमा पनि खासै पर्न सकेकी छैनन्।
डेब्यु फिल्म हिट भयो तर उनको करिअरले गति लिन भने सकेन। फिल्म र नायकको चर्चा हुँदा उनको चर्चा हुन सकेन।
चलचित्र समीक्षकले फिल्मको कमजोर पक्षका रुपमा क्रिस्टिनाको अभिनयलाई औंल्याइदिए। क्रिस्टिनालाई ‘पहिलो गाँस मै ढुंगा’ भनेझैं भयो।
Shares
प्रतिक्रिया