रोल्पामा एक व्यक्तिले पिर्का प्रहार गरी बुबाको हत्या गरेका छन्।
त्रिवेणी गाउँपालिका–४ पोखरी बस्ने २३ वर्षीय संदिप घर्तिले बुबा ५४ वर्षीय मानसिंह घर्तिलाई काठको पिर्का प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
घरको भान्सा कोठामा दुवै जना बसेर मादक पदार्थ सेवन गरेपछि घरायसी विवादमा संदिपले पिर्का प्रहार गर्दा मानसिंहको घटनास्थलमै मृत्यु भएको थियो ।
सो सम्बन्धी खबर प्राप्त हुनासाथ प्रहरी चौकी जुगार, अस्थायी प्रहरी पोष्ट बुढागाँउ र ईलाका प्रहरी कार्यालय होलेरीबाट
खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
39
Shares
प्रतिक्रिया