नक्कली प्रहरी बनेर अभद्र व्यवहार गर्ने २ जना अर्घाखाँचीमा पक्राउ परेका छन्।
सादा पोसाकमा खटिएका प्रहरी हौं भन्दै अभद्र व्यवहार गर्ने भूमिकास्थान नगरपालिका वडा नं ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका वडा नं ५ बागीका २० वर्षीय दिपक केसी पक्राउ परेका हुन्।
सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा ‘हामी सादा पोषाकमा खटिएका प्रहरी हो’ भन्दै मादक पदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसल लगाएतमा चेकजाँच गर्ने, स्थानीय व्यक्तिहरुलाई डर त्रासमा पारी गाली गलोज तथा अभद्र व्यवहार गरेको भन्ने सूचनाको उनीहरुलाई पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी मुकुन्द भण्डारीले बताए।
उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा प्रहरीमाथि हापात, गाली गलौज तथा अभद्र व्यवहार गरेका थिए। दुवैजनालाई जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
Shares
प्रतिक्रिया