सिरहाको मिर्चैयामा नवजात शिशुको शव फेला परेको छ।
मिर्चैया नगरपालिका - ६ मटिअर्वास्थित खेतमा बिहीबार नवजात शिशु (छोरा) को शव फेला परेको प्रहरीले जनाएको छ।
शिशु महिना नपुगी जन्मेको जस्तो देखिने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरीबहादुर वलीले जानकारी दिए।
शिशुको शवको प्रकृति हेर्दा कुनै स्वास्थ्य संस्थामा जन्माएर फालेको जस्तो देखिने प्रहरीले जनाएको छ।
शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान पठाइएको छ।
कसैले अवैध गर्भपतन गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी ओलीले जानकारी दिए।
24
Shares
प्रतिक्रिया