ad ad

खेल


टोटनहमविरुद्ध सिटीको शानदार जित, आर्सनलसँगको अंक दूरी ५ मा झार्‍यो

टोटनहमविरुद्ध सिटीको शानदार जित, आर्सनलसँगको अंक दूरी ५ मा झार्‍यो

नेपालखबर
माघ ६, २०७९ शुक्रबार ७:२४, काठमाडौँ

इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हस्पुरविरुद्ध म्यानचेस्टर सिटीले शानदार जित हासिल गरेको छ। 

बिहीबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले टोटनहमलाई हराउँदै शीर्ष स्थानको आर्सनलसँगको अंक दूरी ५ अंकमा झारेको छ।

खेलको पहिलो हाफमा २–० गोल अन्तरले पछि परेको सिटीले उत्कृष्ट पुनरागमन गर्दै उपाधि होडलाई बलियो बनाएको हो। 

खेलको ४४औँ मिनेटमा डिजान कुलुसेभ्स्कीको गोलमा टोटनहमले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफको अतिरिक्त समयमा इमर्सन रोयलले गोल गर्दै टोटनहमलाई २–० को अग्रता दिलाए। 

तर खेलको ५१औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए। त्यसको २ मिनेटपछि नै इर्लिङ हालान्डले हेडर गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए।  

६३औँ मिनेटमा रियाद मारेजले गोल गर्दै सिटीलाई ३–२ को अवस्थामा ल्याए। खेलको अन्तिम मिनेटमा मारेजले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै जित पक्का गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .