ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी राजापुर नगरपालिका–४ बस्ने रईस अहमद सिद्धिकीलाई प्रहरीले बिहीबार पक्रेको छ।
बर्दिया जिल्ला अदालतले उनीविरुद्ध २०७९ असार २९ गते ज्यान मार्ने उद्योग मुद्दामा ७ वर्ष ११ महिना ५ दिन कैद र १ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। त्यसयता फरार उनलाई इलाका प्रहरी कार्यालय (राजापुर) बाट खटिएको प्रहरीले उनकै घर वतनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत (गुलरिया) मा पेस गरिएकामा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बर्दिया पठाइएको छ।
342
Shares
प्रतिक्रिया