ad ad

अपराध


लाखेजात्रामा झगडा हुँदा तरवारले औँला काटियो, एकजना पक्राउ, दुईजना फरार

लाखेजात्रामा झगडा हुँदा तरवारले औँला काटियो, एकजना पक्राउ, दुईजना फरार

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १२:५७, सुर्खेत

 कृष्ण जन्माष्टमीका क्रममा सुर्खेतको वीरेन्द्रनगरस्थित गणेश चौकमा तरवारले औँला काट्ने एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ।

वीरेन्द्रनगर–६ गणेश चोकमा बिहीबार साँझ लाखे जात्रा भइरहेका बेला झगडा हुँदा तरबारले औँला काट्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो।

उक्त प्रकरणपछि फरार रहेर बिहीबार राति नै पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ खोर्के लाइनका १८ वर्षीय प्रविण नेपाली छन्।

उनीसहितका युवाहरुले लाखे नाचमा प्रयोग गरेको तरवारले वीरेन्द्रनगर–६ बस्ने १८ वर्षीय पृथ्वीसिंह ठकुरीको हातको औंला काटिदिएका थिए।

ठकुरीको टाउकोमा पनि तरवारले काटेको चोट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्ण खड्काले बताए। ठकुरीलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

घटनामा संलग्न वीरेन्द्रनगर– ६ खोर्के लाइनका १८ वर्षीय शाहीमान पुनमगर र सौरभ मगर फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .