ad ad

प्रवास


काबुलमा रहेका ४२ नेपाली सम्पर्कमा, ११ नेपाल दिल्ली आइपुगे

काबुलमा रहेका ४२ नेपाली सम्पर्कमा, ११ नेपाल दिल्ली आइपुगे

नेपालखबर
भदौ ११, २०७८ शुक्रबार २१:२१, काठमाडौँ

परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रक्रिया जारी रहेको जनाएको छ। 

मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै काबुलबाट उद्धार भई विहीबार नयाँदिल्ली आइपुगेका ११ जना नेपाली नागरिक काठमाडौं आउने प्रक्रियामा रहेको जनाएको छ।

त्यसैगरी मन्त्रालयले काबुलमा रहेका ४२ जना नेपाली नियमित सम्पर्कमा रहेको समेत जानकारी दिएको छ। 

'हाल एउटै समूहमा आवद्ध भइरहेका ४२ जना नियमित रुपमा सम्पर्कमा रहनु भएको छ', परराष्ट्रले भनेको छ, 'उहाँहरु सबै जना सुरक्षित हुनुहुन्छ। उहाँहरुलाई उद्धार र गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको छ।’

अफगानिस्तानमा नै रहेर घर फर्किन आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा  आफ्नो नामसहितको विवरण दर्ता गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयले Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली)  प्रयोग गरी नेपाली नागरिकलाई विवरण टिपाउन भनेको छ। 

मन्त्रालयले नाम टिपाएकामध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछि सोको जानकारी फोन नम्बरहरू र WhatsApp, Viber  वा अनलाइन पोर्टलबाट गराई दिनसमेत अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .