अमेरिकाको ओहायोस्थित एक्रोनमा आइतबार भएको आगलागीबाट ५ जना नेपालीभाषी भुटानीहरुले ज्यान गुमाएका छन्।
यो आगलागीबाट ज्यान गुमाउनेमा तीनजना बालबालिका समेत रहेका छन् त्यहाँस्थित प्रहरी अधिकारीहरुले जनाएका छन्।
आगलागीमा परेर उक्त घरमा रहेका अन्य ४ जना घाइते भएका छन्।
घाइतेहरुको एक्रोनकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मेरिल्याण्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिँदै घाइते सर्वजीत सुब्बासहित सबैको स्वास्थ्यलाभको कामना गरेका छन्।
घरमा आगोको ठूलो ज्वाला देखेपछि छिमेकीहरु दौडिएर पुगेका थिए। त्यसपछि तत्कालै उद्धारकर्मीहरुलाई बोलाएर उद्धार थालिएको थियो।
यो आगलागीमा ज्यान गुमाउनेहरुमा ५ वर्षीय, ११ वर्षीय र १६ वर्षीय बालबालिका छन्। ज्यान गुमाउने अन्य दुईजनामा ६० वर्षीय पुरुष र ४८ वर्षीया महिला पनि रहेका छन्।
The Summit County Medical Examiner confirms five people were killed in an Akron house fire overnight. Two adults and three children. The address is 1118 Linden Ave. that is the North Hill neighborhood. @WEWS pic.twitter.com/RzKzwopsA0
— Dave Kraska (@DaveKraska) September 13, 2021
Shares
प्रतिक्रिया