ad ad

प्रवास


मलेसियामा बच्चा जन्माई मारेको आरोपमा नेपाली महिला पक्राउ, प्रेमी खोज्दै प्रहरी

मलेसियामा बच्चा जन्माई मारेको आरोपमा नेपाली महिला पक्राउ, प्रेमी खोज्दै प्रहरी

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज ८, २०७८ शुक्रबार ९:१, काठमाडौँ

मलेसियामा बच्चा जन्माई मारेको आरोपमा त्यहाँको प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरेको छ। 

आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबुका अनुसार मलेसियाको मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर मारेको पाइएपछि ती महिलालाई पक्राउ गरिएको हो। 

कोठाभित्र कालो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा मृत शिशु फेला परेपछि २८ वर्षीय महिलालाई नियन्त्रणमा लिइएको र उनी नेपाली भएको त्यहाँको प्रहरीले जनाएको छ।

तर परिचय खुलाइएको छैन। उनले आफ्ना प्रेमी पनि नेपाली नै रहेको बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गर्ने तयारी गरेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .