अमेरिकाको म्यासाचुसेट्सस्थित ब्रिस्टोल काउन्ट्रिको फल रिभर सहरमा एक नेपालीको हत्या भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार राति फल रिभरस्थित स्टोर चलाइरहेका ५४ वर्षीय लालकिशोर महासेठको हत्या भएको हो। सोमबार राति साढे १० बजे ग्राहकको रुपमा आएका एक व्यक्तिले उनको हत्या गरेको हो।
प्रहरीले आरोपी अन्दाजी ३० वर्षीय पुरुष भएको भन्दै उनको खोजीकार्य जारी रहेको बताएको छ।
महासेठका साथी सञ्जय साहका अनुसार महासेठले दुईओटा स्टोर चलाउँदै आउका थिए। यसअघि पनि दुईपटक उनको स्टोर चोरी भएको थियो।
साहका अनुसार महासेठ १५ वर्षअघि नेपालबाट अमेरिका गएका थिए। उनी नेपाली समुदायको आधार थिए।
उनी सबैलाई सहयोग गर्ने मनको भएको साहको भनाइ छ। महासेठको परिवारमा उनको पत्नी र तीन सन्तान छन्।
111
Shares
प्रतिक्रिया