अमेरिकाको मेरिल्याण्डस्थित प्रिन्स जर्जस् काउन्टिमा सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिँदा एक नेपाली महिलाको मृत्यु भएको छ।
स्थानीय प्रहरीकाअनुसार सोमबार राति ७ बजे ४० वर्षीया वर्षा खड्का प्रसाईंलाई गाडीले ठक्कर दिएर भागेको थियो। उनी ल्याण्डओभरमा बस्दै आएकी थिइन्।
उनलाई नजिकैको अस्पतालमा पुर्याइए पनि उनको ज्यान बचाउन नसकिएको प्रहारीले बताएको छ। प्रहरीले यो घटनाबारे अनुसन्धान भइरहेको र ठक्कर दिएर भाग्ने चालकलाई नियन्त्रणमा लिइएको बताएको छ।
नेपालको झापा घर भएकी प्रसाईं इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम)मा कार्यरत थिइन्।
309
Shares
प्रतिक्रिया