ad ad

प्रवास


एनआरएनको असन्तुष्ट पक्षले गर्न लागेको महाधिवेशन रोक्न संस्थापन पक्षको सरकारसँग आग्रह

एनआरएनको असन्तुष्ट पक्षले गर्न लागेको महाधिवेशन रोक्न संस्थापन पक्षको सरकारसँग आग्रह

नेपालखबर
चैत ७, २०७८ सोमबार २१:५, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएन) को असन्तुष्ट पक्षले भोलि (२२ मार्च) देखि गर्न लागेको महाधिवेशन रोकिदिन संस्थापन पक्षले सरकारसँग आग्रह गरेको छ। 

अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रीलाई पत्र लेखि महाधिवेशन रोकिदिन आग्रह गरेका हुन्। 

पत्रमा अध्यक्ष पन्तले ‘संघले निर्वाचन, महाधिवेशन र विश्व सम्मेलनको मिति तय गरिसकेको र सहमतिका लागि आवश्यक छलफल भइरहेको अवस्थामा संघको नाममा अवैधानिक रुपमा’ महाधिवेशन गर्न लागेको बताएका छन्। 

विवाद बढ्दै गएपछि एनआरएनमा हाल दुई समूहले बेग्लाबेग्लै गतिविधि बढाउन थालेका छन् भने महाधिवेशनको मिति समेत आ–आफ्नै ढंगले तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .