चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले आज असार २ (तदनुसार २०२२ जुन १६) देखि विद्युतीय राहदानी ई–पासपोर्ट सेवा सुरु गरेको छ।
नियोगमा विद्युतीय राहदानीको आवेदन दिएका एक जना नेपाली नागरिकको आवेदनलाई भेरिफिकेसन, लाइभ इनरोलमेन्ट र भ्यालिडेसनको कार्य पूरा गरी राहदानी विभागमा छपाईका लागि पठाउने कार्य गरिएको दूतावासले जनाएको छ।
विद्युतीय राहदानी सेवा शुभारम्भका अवसरमा महावाणिज्यदूत नवराज ढकालले सो राहदानीको विशेषताकाबारे प्रकाश पार्दै सेवाग्राहीलाई सहज र सुलभ ढंगबाट विद्युतीय राहदानी सम्बन्धी सेवा प्रदान गर्न नेपाली महावाणिज्यदूतावास, ल्हासा कटिबद्ध रहेको बताए।
सो नियोगले प्रत्येक कार्यदिन ३० वटासम्म आवेदन लिन सक्ने व्यवस्था मिलाएको छ भने राहदानी आवेदन फारम अनलाईन भर्न कठिनाई हुने सेवाग्राहीहरूको आवेदन नियोगबाटै निशूल्क भरिने व्यवस्था समेत मिलाइएको जनाएको छ।
Shares
प्रतिक्रिया