मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले त्यहाँका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
बिहीबार क्वालालम्पुरस्थित राजदरबारमा आयोजित विशेष समारोहमा राजा सुल्तान अब्दुल्लाह समक्ष राजदूत पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।
कार्यक्रममा राजा सुल्तान अब्दुल्लाहले मलेसियाका लागि राजदूत नियुक्त भएकोमा पौडेललाई बधाई दिएका थिए।
ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजा सुल्तान अब्दुल्लाहसँग पौडेलले नेपाल र मलेसियाबीचको द्विपक्षीय सम्बन्धबारे कुराकानी गरेका थिए।
त्यस अवसरमा द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितबारे छलफल भएको थियो। राजदूत पौडेलले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन लागिपर्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश व्यक्त गरे।
राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति भण्डारीकोतर्फबाट नेपाल भ्रमणको निम्ता पनि दिए।
राजा सुल्तान अब्दुल्लाहले विश्वको सर्वोच्च शिखर सगरमाथा अवलोकनका लागि नेपाल भ्रमण गर्ने आफ्नो इच्छा रहेको बताए।
त्यस अवसरमा मलेलिया र नेपालमा हालै भएको आमनिर्वाचनबारे पनि दुईजनाबीच कुराकानी भएको थियो।
Shares
प्रतिक्रिया