ad ad

प्रवास


साउदी अरेबियामा अलपत्र घरेलु कामदार टंकमायालाई नेपाल फर्काइयो

साउदी अरेबियामा अलपत्र घरेलु कामदार टंकमायालाई नेपाल फर्काइयो

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १७:५७, काठमाडौँ

दश वर्षअघि घरेलु कामदारका रुपमा कुवेत हुँदै साउदी अरेबिया छिरेकी नेपाली महिला टंकमाया आङ्बोलाई उद्धार गरेर नेपाल फर्काइएको छ।

नेपाली महावाणिज्यदूतावास, जेद्दाको पहलमा उनलाई उद्धार गरेर सकुशल नेपाल फर्काइएको हो।

टंकमायालाई साउदी अरेबियास्थित विभिन्न रोजगारदाहरुले अवैधानिक रुपमा लामो समय घरेलु कामदारको रुपमा राखेका थिए। तर करिब चार महिनाअघि पछिल्लो रोजगारदाताले उनलाई घरबाट निकालेर जेद्दास्थित नेपाली महावाणिज्यदूतावासको गेटबाहिर अलपत्र छाडिदिएको थिए।

त्यसपछि उनलाई महावाणिज्यदूतावासबाट सुरक्षित नेपाल फिर्ती नहुन्जेलसम्म सेल्टरमा राखिएको थियो।

महावाणिज्यदूतावासले उनको बहिर्गमन भिसा र क्षतिपूर्तिका लागि पटक पटक साउदी सरकारका विभिन्न निकायहरूमा लेखापढी तथा बैठकहरूमार्फत् प्रयास गरिएको जनाएको छ।

तर उनको साउदी प्रवेश एवम् त्यहाँको कानुनी हैसियतसम्बन्धी रेकर्ड अभावमा बहिर्गमन भिसामा प्राप्त गर्न सकिएको थिएन।

महावाणिज्यदूतावासले साउदी अरबको परराष्ट्र मन्त्रालयसँग पटक पटक बैठक तथा छलफल गरी उनको बहिर्गमन भिसा प्राप्त गर्न सकेको थियो।

महावाणिज्यदूतावासको पहलमा गैर-आवासीय नेपाली संघले साथ दिएपछि टंकमायालाई नेपाल फिर्तीका लागि हवाई टिकटको व्यवस्था गरेर यही बुधबार जहाजनमार्फत नेपाल पठाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .