ad ad

प्रवास


यूएईको इन्डेक्स एक्सचेन्जबाट पैसा पठाउँदा रुपन्देहीका नुरुद्दिनले जिते घर

यूएईको इन्डेक्स एक्सचेन्जबाट पैसा पठाउँदा रुपन्देहीका नुरुद्दिनले जिते घर

नेपालखबर
चैत २१, २०७९ मंगलबार १७:४७, काठमाडौँ

युएईमा काम गर्दै आएका एकजना नेपालीले त्यहाँस्थित इन्डेक्स एक्सचेन्जबाट स्वदेशमा पैसा पठाउँदा घर जितेका छन्।

रुपन्देही निवासी नुरुद्दिन चुरिहारले इन्डेक्स एक्सचेन्जबाट पैसा पठाउने क्रममा शान ए रमादान प्रोमोसनअन्तर्गत ३ अप्रिलमा भएको ड्रबाट नेपालमा घर जितेका हुन्।

इन्डेक्स एक्सचेन्जले रमादान महिनाको अवसरमा २५ फेब्रुअरीदेखि २० अप्रिलसम्म रेमिट्यान्स  गर्नेमध्ये हरेक दोस्रो हप्ता लक्की ड्रबाट एकजना विजेतालाई आफ्नो देशमा घर दिने योजना चलाइरहेको छ। 

२० अप्रिलसम्म नेपालीहरुले पैसा पठाएर अझै अर्को घर जित्न सक्ने अवसर रहेको कम्पनीका ब्यापार प्रबन्धक मिर के रसुलले बताए। 

हरेक वर्षझैँ यस वर्ष पनि रमदानको २ महिनाभित्र रेमिट्यान्स पठाउनेमध्ये ४ जनालाई घर उपहार दिइने योजना रहेको कम्पनीका प्रमुख सञ्चालक सैयेद् अब्दुस सलामले जानकारी दिए। 

नुरुद्दिन चुरिहार ७ महिना पहिले रोजगारीका लागि यूएई पुगेका थिए।  उनी हाल दुबईको एक कम्पनीमा रोड कन्स्ट्रक्सन मजदुरका रुपमा काम गरिरहेको छन्। अहिले उनी मासिक १०००  दिराम कमाइरहेका  छन्।  

इन्डेक्स एक्सचेन्जले नेपालमा सिद्धार्थ बैंकसँग मिलेर रेमिट्यान्स पठाउँछ। कम्पनीले अझै २० अप्रिलसम्म अर्को घर जित्ने अवसर रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .