ad ad

कारोबार


‘युवाले नेतृत्व गरे पनि नेपाल सिंगापुर र स्विट्जरल्यान्ड बन्न सक्दैन’

‘युवाले नेतृत्व गरे पनि नेपाल सिंगापुर र स्विट्जरल्यान्ड बन्न सक्दैन’

नेपालखबर
असोज २८, २०७९ शुक्रबार १७:१३, काठमाडौँ

अर्थविद् डा. स्वर्णिम वाग्लेले युवापुस्ताले मुलुकको नेतृत्व गरे पनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने बताएका छन्। 

शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै अर्थविद् वाग्लेले यस्तो बताएका हुन्। 

उनले नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकाको अवस्थामा पु¥याउन सकिने बताए। उनले अहिले श्रीलंको ३९ सय प्रतिव्यक्ति आय रहेको बताए। 

उनले नेपालमा अबको तीन÷चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व विस्थापित भई युवा पुस्ताले नेतृत्व पाउने बताए। 

उनले अहिले नेपालमा राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट नेपालीको प्रतिव्यक्ति आय ४ हजार डलर पुग्ने अवस्था भए पनि त्यस्तो हुन नसकेको बताए। 

वाग्लले त्यस्तो हुन नसक्नु युवाहरुलाई राजनीतिमा आउन झ्याल ढोका नै बन्द गर्ने अवस्थाले खतराको अवस्था देखिएको बताए। उनले योजना, भूराजनीतिक अवस्था,पूर्वाधार विकास र नेपालको डेमोग्राफिक परिवर्तनलाई बुझेर मुलुक सञ्चालन गर्नसक्ने नेतृत्व नभएको बताए। 

उनले अहिले ११ जना युवाले काम गरेर १ जना वृद्ध पाल्नुपर्ने अवस्था भए पनि सन् २०५० पछि चार जना युवाले काम गरेर १ जना वृद्धलाई पाल्नुपर्ने अवस्था हुने बताए। 

उनले अहिले जीडीपीको अनुपातमा उद्योगहरुको योगदान ५ प्रतिशत रहेको भन्दै कम्तीमा १२ देखि २५ प्रतिशतसम्म पु¥याउनुपर्ने बताए। वाग्लेले नेपाल उद्योग विस्तारभन्दा पनि नाङ्ले व्यापारमा लागेको भन्दै अन्य देशमा सेवा क्षेत्रभन्दा साथ लेखा परीक्षक, टेलिकम, ढुवानी, बैंकिङ र आर्टिटेक्टहरु भनेर बुझ्ने बताए।  

उनले भने, ‘अहिले जीडीपीको अनुपातमा उद्योगहरुको योगदान ५ प्रतिशत रहेको छ । १० वर्ष द्वन्द्व लगायतका कारण उद्योगमा कमी हुँदै आयो। अबको पुस्ताले  १२ देखि २५ प्रतिशतसम्म पु¥याउनु पर्छ जस्तो लाग्छ । जलविद्युत उत्पादन बढाएर र आन्तरिक प्रतिष्पर्धालाई माथि उठाएर भए बढाउनुपर्छ।’ 

उद्योगको बिस्तार विकास नगरी हामी सेवा क्षेत्रमा प्रवेश गरेको उनको भनाइ छ। वार्षिक आम्दानीको हिसाबले अफगानिस्तानभन्दा गरिब मुलुक नै रहेको भन्दै नेपाल उद्योग विस्तारभन्दा नाङ्ले व्यापारमा लागिरहेको बताए। 

‘अन्य देशमा सेवा क्षेत्र भन्नासाथ लेखा परीक्षक, टेलिकम, ढुवानी, बैंकिङ र आर्टिटेक्टहरु भनेर बुझिन्छ’, उनले थपे, ‘हाम्रोमा सामान्य होलसेल रिटेल कम भ्यालु भएको सर्भिसमा काम गरौं । दुई पुस्ता स्कीप गरौं । ए टिपिकल स्टक्चरलर ट्रान्सफमेसन  भनेको छु । नेपालको आयु २५० वर्ष भयो । २५० वर्षमा एउटा युनिक कम्पोजिसनमा गइरहेका छौँ।’

अझै आधा जनसख्या २५ वर्षभन्दा मुनिको रहेको र अर्को ७ वर्षमा बुढ्यौलो समाजमा जाने बताउँदै उनले अहिले ११ जना युवाले काम गरिरहेको बताए। 

सन् २०५० पछि चार जनाले काम गरेर १ जना वृद्धलाई पाल्नुपर्ने उनको भनाइ छ। 

‘अहिले राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट हामी ४ हजार डलर पुगेको भए स्वस्थ देश भन्न सक्थ्यौँ’, उनले अगाडि भने, ‘झ्याल ढोका नै बन्द गर्ने अवस्थाले खतराको अवस्था देखिएको छ । नीतिहरुमा पनि संकुचन आउने अवस्थामा गएका छौँ।’ 

अब योजना, भूराजनीतिक अवस्था, पूर्वाधार विकास र नेपालको डेमोग्राफिक ट्रान्जिसन बुझेर मुलुक सञ्चालन गर्नसक्ने नेतृत्व नभएको र अब राजनीतिक नेतृत्वमा पनि परिवर्तन आइरहेको उल्लेख गरे। 

उनले भने, ‘नेपालको तीन÷चार वर्षमा राजनीतिक नेतृत्वमा नयाँ ढोका खोल्नसक्छ । जति नै राजनीतिकमा युवा नेतृत्व आएपनि नेपाल सिंगापुर स्विट्जल्याण्ड बन्दैन । तर प्रतिव्यक्ति आयको हिसावले श्रीलंकको अवस्थामा पु¥याउन सकिन्छ । अहिले श्रीलंकाको ३९ सय प्रतिव्यक्ति आय रहेको छ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .