बैंक अफ काठमाण्डूले सेयरधनीलाई २०.९५ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको छ।
बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको हो।
बैंकका अनुसार राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश पाउनेछन्।
बैंकको आव २०७८/०७९ को मुनाफा समेतबाट लाभांशापत चुक्ता पुँजीको १४.९५ प्रतिशत अर्थात् १ अर्ब ५८ करोड ८२ लाख ८७ हजार ११३ रुपैयाँ र ६ प्रतिशतले हुने ६३ करोड ७४ लाख ३९ हजार ६४४ रुपैयाँबराबरको बोनस सेयरको प्रस्ताव गरिएको हो।
33
Shares
प्रतिक्रिया