प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका लागि सेयर बजारसम्बन्धी आधारभूत र प्राविधिक विश्लेषण विषयमा १ दिने प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।
विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम राजधानी मोडेल कलेज, पुरानो बानेश्वर, काठमाडौंमा आइतबार सम्पन्न भएको हो।
रोटर्याक्ट क्लब अफ पाटन वेस्टका करिब २० जना सदस्यहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए।
उक्त कार्यक्रमका उद्येश्य तथा महत्व बारे सञ्चालन विभाग प्रमुख बसन्ता उपाध्यायले प्रकाश पारेकी थिइन्।
प्रशिक्षणमा सेयर बजार तथा प्राथमिक तथा दोश्रो बजार सम्बन्धी आधारभुत कुराहरु, सेयर बजारमा दीर्घकालीन लगानी गर्दा पाइने प्रतिफल, आधारभूत तथा प्राविधिक विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरु समेटिएको थियो ।
Shares
प्रतिक्रिया