ad ad

कारोबार


सेयरबजार निरन्तर घट्दो, ५० करोड मात्रै कारोबार

सेयरबजार निरन्तर घट्दो, ५० करोड मात्रै कारोबार

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १५:४०, काठमाडौँ

सेयरबजार घट्दो क्रममा गएको छ। सेयरबजारमा दैनिक कारोबार नै ५० करोड हाराहरीमा हुन थालेको छ। 

बिहीबार ५० करोड ७६ लाख बराबरको मात्रै सेयर कारोबार भएको नेपाल स्टक स्क्स्चेन्ज (नेप्से) ले जनाएको छ। 
१५ लाख ४६ हजार कित्ता सेयर किनबेच भएको हो। 

बिहीबार १ दशमलव ३८ अंकले नेप्से इन्डेक्स गिरावट भई १ हजार ८ सय ४४ अंकमा आएको हो। 

बिहीबार सबैभन्दा धेरै सयपत्रि हाइड्रोपावरले कमाएको छ। जसको सेयर १० प्रतिशले बढेको हो। 

त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा सेन्चुरी डिबेन्चर २०८८ रहेको छ। जसको मूल्य ७ दशमलव ७३ प्रतिशतले गिरावट आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .